रूरुक्षेत्र विकास समाज, काठमाडौं

संस्कृति, समृद्धि, सेवा र समर्पण

संस्थाको परिचय

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको राज्यको भौगोलिक पुनःसंरचनाअनुसार साविकका ६ वटा गाउँ विकास समितिहरू (रुरु, थानपति, ग्वादी, वलेटक्सार, वाम्घा र रिमुवा) समेटिएर एउटै रुरुक्षेत्र गाउँपालिका बन्यो । साविकका ग्वादी विकास समाज, थोर्गा–काठमाडौँ सम्पर्क तथा विकास मञ्च, बम्घा सम्पर्क समाज जस्ता सामाजिक संस्थाहरू काठमाडौँमा क्रियाशील भए पनि गाउँ विकास समितिहरू वडामा परिणत भएपछि सिङ्गो गाउँपालिकाको प्रतिनिधित्व गर्ने, सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आई स्थायी वा अस्थायी रूपमा बसोवास गर्ने समस्त रुरुक्षेत्रवासीहरूको एउटा सुखदुःख बिसाउने तथा रुरुक्षेत्र र काठमाडौँलाई जोड्ने सेतु संस्थाका रूपमा एउटा गैरराजनीतिक सामाजिक संस्थाको आवश्यकता महसुस भयो । यसै सन्दर्भमा मिति २०७५ असार २१ गते यसै एआईए स्कुल शंखमुलको आँगनीमा तत्कालीन प्रदेश सभा सदस्य द्वय माननीय कमल राज श्रेष्ठ, माननीय बाबुराम गौतम, तत्कालीन रुरुक्षेत्र गाउँपालिका प्रमुख श्री नीलकण्ठ गौतम, वडा स्तरीय समाजका पदाधिकारी, विभिन्न वौद्धिक, प्राज्ञिक, प्रशासनिक, सामाजिक, व्यावसायिक, राजनीतिक व्यक्तित्वहरूको समुपस्थितिमा रुरुक्षेत्रवासीहरूको वृहद् प्रथम भेला आयोजना गरियो ।
थप सामाग्री

President’s Message

रुरु क्षेत्र विकास समाज, काठमाडौंको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। काठमाडौं उपत्यकामा बसोबास गर्ने रुरु क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै साझा मञ्चमा जोड्नु यस संस्थाको मुख्य उद्देश्य हो।

रुरु क्षेत्र हाम्रो जन्मभूमि मात्र नभई हाम्रो साझा पहिचान, संस्कृति, सम्पदा र आत्मीयताको प्रतीक हो।

पूरा पढ्नुहोस 

सुचनाहरू

संस्थाका गतिविधिहरू

जीवन रक्षाका लागि हाम्रो सानो प्रयास

रुरुक्षेत्र ४ सिँदुरे निवासी दुई वर्ष सात महिनाकी नानी एलिजा पचभैया रक्त क्यान्सर्सँग लड्दै कान्ति अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार्थ  छन् ...

प्रधानमन्त्री राहत कोषमा सहयोग

यस बर्षको तीजको रमाईलो रोकि  रुरु क्षेत्र विकास समाजको पहलमा रसुवा बाढि प्रभाबितलाइ सहयोग स्वरुप प्रधानमन्त्री राहत कोषमा रु ९१,१७६.०० ...

रगत व्यबस्थापन सम्बन्धि MOU सम्झौता

रुरु गाउपालिकाले रुरु गाउपालिका नागरिकले काठमाडौंमा उपचार गर्दा आबस्यक पर्ने रगत व्यबस्थापनलाई सहज होस् भनि TU Lions Blood Transfusion and ...

रुरु क्षेत्र बिकास समाजको चौंथो साधारणसभा र परिवारिक बनभोज

रुरु क्षेत्र बिकास समाजको चौंथो साधारणसभा आ व २०८२/८३ ) वार्षिक साधारण सभा  र सम्पुर्ण वडा स्तरिय समाजको संयुक्त आयोजनामा ...

बृहत रक्तदान कार्यक्रम

२०८३ बैशाख २६ गते शनिवार रक्त–दान जीवन–दान” मूल मन्त्रका साथ समाजले २०८३ बैशाष २६ गते नेपाल एयरलाइन्स कार्यलय परिसरमा आयोजना ...

संस्थाका गतिविधिका तस्विरहरू

Translate »