वडा नं. ५ – बम्घा

परिचयः

बम्घा गुल्मी जिल्लाको साविकको बम्घा गाविस हो। स्थानीय मान्यताअनुसार बम्घा नामको सम्बन्ध ‘बौवा’ वा ‘बम्घा कोट’ सँग रहेको बताइन्छ। नेपालको स्थानीय तह पुनर्संरचनापछि साविक बम्घा गाविसका सम्पूर्ण भूभागलाई समेटेर हाल रुरुक्षेत्र गाउँपालिका वडा नं. ५, बम्घा कायम भएको छ। रुरुक्षेत्र गाउँपालिकामा साविकका रिमुवा, रुरु, थानपति, ग्वादी, बलेटक्सार र बम्घा गाविसहरू समावेश गरी छ वटा वडा कायम गरिएको हो।

बम्घा गुल्मी जिल्लाको पहाडी भूभागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर बस्ती हो। साविक बम्घा गाविसको क्षेत्रफल करिब १२.५७ वर्ग किलोमिटर रहेको छ। यसको भौगोलिक सीमाना पश्चिमतर्फ छत्रकोट गाउँपालिका, उत्तरतर्फ सत्यवती गाउँपालिका तथा बढिगाड नदी क्षेत्रसँग जोडिएको छ। अन्य दिशामा रुरुक्षेत्र गाउँपालिकाका विभिन्न भूभाग रहेका छन्। बम्घाको भू–बनोट पहाडी भएकाले यहाँ डाँडा, भिरालो जमिन, खोँच तथा नदी आसपासका भूभाग पाइन्छन्। कृषि यहाँको परम्परागत जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ।

बम्घा सामाजिक तथा जातीय विविधता भएको क्षेत्र हो। यहाँ ब्राह्मण, क्षेत्री, नेवार, मगर,  गिरी, पुरी, विश्वकर्मा, दमाई, सार्की, बोटे, माझी तथा गन्धर्व लगायत विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको पाइन्छ। यस कारण बम्घाको सामाजिक संरचना सांस्कृतिक रूपमा विविध र समृद्ध मानिन्छ। विभिन्न जातजाति र समुदायबीच सहकार्य, पारस्परिक सहयोग र सामाजिक सद्भाव यहाँको ग्रामीण जीवनको महत्वपूर्ण विशेषता हो। दशैं, तिहार, तीज, माघे सङ्क्रान्ति, गाईजात्रा लगायतका विभिन्न पर्व तथा स्थानीय सांस्कृतिक परम्पराहरू मनाउने चलन रहेको छ। हालको वडा जनसंख्या ४,०३२ छ।

बम्घा काठमाण्डौ समाज: परिचय

“वम्घा काठमाडौँ समाज वम्घेलीहरुको साझा चौतारीका रुपमा स्थापित हुन पुगेको एउटा संस्था हो, जसले वम्घाबाट काठमाडौँमा आई बसोबास गर्ने व्यक्तित्वहरुलाई जोड्ने पुलको काम गरेको छ।”

विविध पेशा, व्यवसाय, रोजगारी, शिक्षा तथा अवसरका खोजीमा काठमाडौँमा आई स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने व्यक्तित्वहरूबाट यो समाजको गठन भएको हो। गुल्मी वम्घाबाट काठमाडौँमा आई काठमाडौँमा बसोबास गरेपनि एक अर्काबीच चिनजान नभएको, दुःख सुखमा वम्घा नै सम्झिनु पर्ने, आफ्ना आफन्त, छिमेकी, दाजुभाइ जमघट हुन वम्घा नै जानुपर्ने स्थिति थियो। आफ्नै गाउँका मान्छे जम्माभेट भएपनि नाचिनिने समस्या हाम्रो सामु देखा परेको थियो। सो समस्यालाई समाधान गर्ने, भाइचाराको सम्बन्ध स्थापित गर्ने र आपसी भेटघाट र सद्भाव बढाउने उद्देश्यका साथ सबैको साथ सहयोग र सहकार्यमा वम्घा काठमाडौँ समाजको जन्म भयो।

मातातीर्थमा (२०६३) मा ज्ञवालीहरूको कुलपुजा गर्न जम्मा हुँदै गर्दा वम्घाका केही अगुवा व्यक्तित्वहरूको पहलमा वम्घा काठमाडौँ समाजको परिकल्पना गरिएको थियो। मातातीर्थमा जम्मा भएर समाजको परिकल्पना गर्नेहरुमा डा. चन्द्रकान्त ज्ञवाली, ध्रुवराज ज्ञवाली चन्द्रमणि ज्ञवाली, विष्णु प्रसाद ज्ञवाली, अर्जुन प्रसाद ज्ञवाली, ईश्वरी प्र. ज्ञवाली, नारायण ज्ञवाली, यदुनाथ ज्ञवाली लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

वम्घाबाट काठमाडौँ आई बसोबास गर्ने वम्घेली आमाबुबा, दाजुभाइ, दिदीबहिनी बीच आत्मीयता बढाउने, सुखदुःख, अप्ठ्यारो अवस्थामा साथ र सहयोग गर्ने साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ वम्घा काठमाडौँ समाजको गठन गरिएको थियो। प्रत्येक महिनाको एकचोटि बैठक बस्ने, समाजलाई मजबुत बनाउनका लागि केही रकम जम्मा गर्ने नियम बनाइयो। समयक्रम सँगै दुई दुई महिनामा बैठक बस्ने र प्रतिमहिना संकलन गर्ने रकममा पनि वृद्धि गरियो। समाजलाई अझ मजबुत, फराकिलो र वैधानिक बनाउनुपर्छ भन्ने लागेपछि वि.सं. २०६६ सालमा तदर्थ समिति गठन गरी वम्घा काठमाडौँ समाजका नाममा वि.सं. २०६९ मा वैधानिक रुपमा संस्था दर्ता गरियो, जसको अध्यक्षता चन्द्रमणि ज्ञवालीले गर्नुभएको थियो भने उपाध्यक्ष विष्णु प्रसाद ज्ञवाली, सचिव ईश्वरी प्र. ज्ञवाली, सहसचिव अर्जन प्र. ज्ञवाली कोषाध्यक्ष नारायण प्रसाद ज्ञवाली सदस्यहरुमा यदुनाथ ज्ञवाली, हरिप्रसाद ज्ञवाली, विष्णु प्रसाद ज्ञवाली र जगदीश ज्ञवाली रहनुभएको थियो। समाजलाई के कसरी अगाडि बढाउन सकिन्छ भनेर राय सुझाव दिन डा. चन्द्रकान्त ज्ञवाली हरिप्रसाद ज्ञवाली ध्रुवराज ज्ञवालीको सल्लाहकार समिति गठन गरियो।

यसरी गठन गरिएको समाजले तीज कार्यक्रम, वनभोज कार्यक्रम, रक्तदान कार्यक्रम, शुभकामना आदानप्रदान कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण कार्यक्रमका साथै प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको छ। चन्द्रमणि ज्ञवालीको अध्यक्षताबाट सुरु भएको वम्घा काठमाडौँ समाजले सातवटा अधिवेशन र १४ वटा साधारण सभा गरिसकेको छ। अध्यक्षमा क्रमशः चन्द्रमणि ज्ञवाली विष्णु प्रसाद ज्ञवाली, रामप्रसाद ज्ञवाली, अर्जुन प्रसाद ज्ञवाली हुँदै वर्तमान वम्घा काठमाडौँ समाजको अध्यक्षता यदुनाथ ज्ञवालीले गरिरहनुभएको छ।

वर्तमान कार्यसमिति (२०८०-२०८२, २०८२ -२०८४)

नियमित कार्यक्रमहरु

(१) तिजको अवसरमा महिला दिदीबहिनीहरुलाइ दर खुवाउने कार्यक्रम (समाज एक्लै वा संयुक्त)

(२) आजीवन सदस्यहरुका घरमा पर्ने धार्मिक, सास्न्कृतिक कार्य तथा शोकमा सामेल

(३) आजीवन सदस्यहरुको उच्च शिक्षा (विद्यावारिधि, आदि), उच्च पदमा नियुक्ति, जस्ता सफलतामा सम्मान

 (४) ८४ वर्ष पार वा ८४ पुजा गर्नु भएका आजीवन सदस्यहरु वा निजका आमाबुबाहरुलाई सम्मान

(५) वनभोज कार्यक्रम (समाज एक्लै वा संयुक्त)

समाजसेवी कार्यहरु

समाजले पटके निर्णयका आधारमा विविन्न सामाजिक कार्यहरु गर्दै आएको छ। बिगतमा गरेका केहि गतिविधिहरु यसप्रकार छन।

(१) काठमाण्डौ, बानेश्वर स्थित मानव सेवा समाज मार्फत सहयोगापेक्षी बालबालिकाहरुलाई न्यानो कपडा प्रदान

(२) काठमाण्डौ, पशुपतिनाथ परिसरमा रहनुभएका सहयोगापेक्षी महानुभावहरुलाई भोजन प्रदान

(३) रुरुक्षेत्र विकास समाजसंगको सहआयोजनामा रक्तदान कार्यक्रम आयोजना

हाम्रा गतिविधिहरू

आजीवन सदस्यहरुको नामावली

 
क्र .सं. नाम सम्पर्क नं
(१) डा. चन्द्रकान्त  ज्ञवाली
(२) डा. कृष्ण चन्द्र शर्मा 9851102988
(३) डा. बालमुकुन्द भण्डारी 9851014472
(४) डा. लक्ष्मण प्रसाद  ज्ञवाली
(५) डा. फणिन्द्र प्रसाद भण्डारी 9841458252
(६) चन्द्रमणि  ज्ञवाली 9851091695
(७) विष्णु प्रसाद  ज्ञवाली, बाजखर्क 9851013712
(८) राम प्रसाद  ज्ञवाली (Thama) 9841760191
(९) अर्जुन प्रसाद  ज्ञवाली 9841435546
(१०) वामदेव  ज्ञवाली 9841191938
(११) धुर्वराज  ज्ञवाली 9841408739
(१२) राम चन्द्र  ज्ञवाली 9849027623
(१३) नारायण प्रसाद  ज्ञवाली 9851010599
(१४) हरि प्रसाद  ज्ञवाली (बसुन्धरा)
(१५) मधुसूदन  ज्ञवाली
(१६) एकदेव  ज्ञवाली 9841533348
(१७) दुर्गा प्रसाद  ज्ञवाली (Tahatim) 9851036856
(१८) नन्दराम  ज्ञवाली 9849927552
(१९) कृष्ण प्रसाद  ज्ञवाली, टिकाथली 9860161755
(२०) भरतमणि  ज्ञवाली
(२१) यशोदा  ज्ञवाली 9847060214
(२२) बाबुराम  ज्ञवाली
(२३) राधिका  ज्ञवाली, वाहादी, तल्लाघर 9847364913
(२४) रामकृष्ण शर्मा 9851132010
(२५) शुशील  ज्ञवाली 9851127784
(२६) सुरेश कुमार श्रेष्ठ
(२७) यदुनाथ  ज्ञवाली
(२८) दुर्गा  ज्ञवाली, खेतमुनी  (Dansir) 9857027533
(२९) युवराज  ज्ञवाली
(३०) त्रिविक्रम  ज्ञवाली 9842825592
(३१) श्रीराम  ज्ञवाली 9851004922
(३२) विनोद  ज्ञवाली 9851056860
(३३) तुलसी राम  ज्ञवाली
(३४) बिमल ज्ञवाली, गैरा 9841356014
(३५) भक्तिराम ज्ञवाली
(३६) विष्णु प्रसाद ज्ञवाली, ढिकमुनि 9851225796
(३७) प्रतिक ज्ञवाली 9869131323
(३८) फर्स प्रसाद श्रेष्ठ 9851110182
(३९) बन्दु विक्रम  ज्ञवाली
(४०) भक्त श्रेष्ठ
(४१) चन्द्र श्रेष्ठ
(४२) माणिक श्रेष्ठ
(४३) प्रकाश  ज्ञवाली
(४४) तेजेन्द्र श्रेष्ठ (Majhigaun)
(४५) जगदीश  ज्ञवाली
(४६) गणेश  ज्ञवाली
(४७) विष्णु प्रसाद  ज्ञवाली, बानियाटार
(४८) विष्णु प्रसाद  ज्ञवाली, गोर्कण
(४९) हरि प्रसाद  ज्ञवाली, थुम्का 9840176012
(५०) रत्नमणि  ज्ञवाली
(५१) रामकृष्ण  ज्ञवाली
(५२) नारद  ज्ञवाली, थुम्का 9847066380
(५३) जनक  ज्ञवाली, दाङ्सिर
(५४) शान्ति शर्मा बस्याल, काहुले 9849432663
(५५) गोविन्द ज्ञवाली, साल्टारी 9851010878
(५६) बामदेव ज्ञवाली, वाहादी
(५७) माधव ज्ञवाली, काहुले
(५८) राम कुमारी ज्ञवाली, वाहादी
(५९) लिलावती ज्ञवाली, भावारी
(६०) शर्मिला नेपाल शर्मा,  नयाँघर 9849152802
(६१) द्रुपदा ज्ञवाली, पाँगा
(६२) टिका कुमारी ज्ञवाली, पाँगा
(६३) लक्ष्मी ज्ञवाली (Baklesalla) 9849505788
(६४) संजिव  ज्ञवाली 9841531015
(६५) संजय  ज्ञवाली 9851229728
(६६) अन्जु  दीक्षित 9841758012
(६७) भगवती  ज्ञवाली 9843626436
(६८) गीता  ज्ञवाली 9841661245
(६९) राधिका  ज्ञवाली 9862790151
(७०) लक्ष्मी  गौतम  (ज्ञवाली ) 9849773990
(७१) ळक्ष्मण  ज्ञवाली  (Tahatim) 9851140102
(७२) लक्ष्मी ज्ञवाली (Kahule) 9841350331
(७३) सत्यदेवी  ज्ञवाली 9849389645
(७४) रमा ज्ञवाली 9857030677
(७५) इन्दु ज्ञवाली 9849377764
(७६) बिष्णु प्रसाद ज्ञवाली (काहुले) 9851122415
 
Translate »