
It gives me great pleasure to welcome you to the official website of Ruru Khetra Bikash Samaj, Kathmandu—a common platform for people from Ruru Khetra living in Kathmandu Valley.
Ruru Khetra is more than our place of origin; it is our shared identity, heritage, and connection. Established as a non-profit and non-political social organization and formally registered with the District Administration Office, Kathmandu, on August 24, 2021 (Bhadra 8, 2078), the Society aims to strengthen unity, friendship, mutual support, and a sense of belonging among Ruru residents in Kathmandu.
We are committed to contributing to the development of Ruru Khetra while preserving and promoting its rich historical, religious, cultural, archaeological, and natural heritage.
This Society belongs to all of us. I warmly invite Ruru residents, ward-level societies, well-wishers, and friends to join hands in making this common platform stronger and more meaningful.
Our unity is our strength, service is our commitment, and the prosperity of Ruru Khetra is our shared aspiration!
Warmest regards,
President
Ruru Khetra Bikash Samaj, Kathmandu
रुरु क्षेत्र विकास समाज, काठमाडौंको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। काठमाडौं उपत्यकामा बसोबास गर्ने रुरु क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै साझा मञ्चमा जोड्नु यस संस्थाको मुख्य उद्देश्य हो।
रुरु क्षेत्र हाम्रो जन्मभूमि मात्र नभई हाम्रो साझा पहिचान, संस्कृति, सम्पदा र आत्मीयताको प्रतीक हो। वि.सं. २०७८ भदौ ८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्थाका रूपमा दर्ता भएको यस समाजले आपसी एकता, सद्भाव, सहयोग र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै रुरु क्षेत्रको विकास तथा यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्ने लक्ष्य राखेको छ।
यो संस्था कुनै एक व्यक्तिको नभई हामी सबै रुरुवासीको साझा संस्था हो। यसको सफलता हाम्रो सामूहिक सहभागिता, विश्वास, सद्भाव र सहकार्यमा निर्भर गर्दछ। त्यसैले सम्पूर्ण रुरुवासी, वडा तहका समाजहरू, शुभेच्छुक तथा सहयोगीहरूलाई यस अभियानमा साथ दिन हार्दिक आह्वान गर्दछु।
हाम्रो एकता हाम्रो शक्ति, सेवा हाम्रो प्रतिबद्धता र रुरु क्षेत्रको समृद्धि हाम्रो साझा लक्ष्य हो।
सादर,
अध्यक्ष
रुरु क्षेत्र विकास समाज, काठमाडौं
